प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन माग



 काठमाडौं ।

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले न्यायालयलाई पूर्णता दिन सरकारसँग माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाएर न्यायालयलाई पूर्णता दिन माग गरेका हुन् ।

सर्वोच्च अदालत कामुको नेतृत्व रहेको वर्ष दिन भइसकेको भन्दै उनले यसप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल न्यायालयलाई पूर्णता दिन माग गरेका हुन् ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन ०७८ मा महाभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएपछि सर्वाेच्च अदालत कामुको नेतृत्वमा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्