भौतिक मन्त्रालयका २० सहसचिवको सरुवा, को-कहाँ ? (सूचीसहित)



काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २० जना सहसचिवको सरुवा गरेको छ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री स्तरीय निर्णय गर्दै सडक विभागका महानिर्देशक, उपमहानिर्देशक, आयोजना निर्देशकको सरुवा, पदस्थापन र काज गरेका हुन् ।

विभागको महानिर्देशकमा सुशील बाबु ढकाललाई पठाइएको छ भने तत्कालीन महानिर्देशक अर्जुनजङ्ग थापालाई मन्त्रालयमा तानिएको छ।

विभागको उपमहानिर्देशकको जिम्मेवारीमा रहेका रामहरी पोखरेललाई उपमहानिर्देशको जिम्मेवारीमा निरन्तरता दिएर विकास सहायता कार्यान्वयन महाशाखाबाट योजना तथा अनुगमन महाशाखामा पठाइएको छ ।

सडक विभागका उपमहानिर्देशकसमेत रहेका योजना तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका भीमार्जुन अधिकारी मन्त्रालय तानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्