प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् आजका कार्यसूची



काठमाडाैं  । प्रतिनिधि सभाको बैठक आज बस्दैछ।

आजकाे बैठकमा सांसद प्रेम सुवालकाे‘सम्पत्ति शुद्धीकरण मनि लाउण्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचना निर्णायार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्