बिबिसीका दिल्ली र मुम्बई कार्यालयमा आन्तरिक राजस्व कार्यालयको छापा



काठमाडौं ।

भारतको राजधानी नयाँदिल्ली र मुम्बईमा रहेका ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी)का कार्यालयमा मंगलबार दिउँसो भारतीय सरकारी अधिकारीहरूले छापा मारेका छन्  ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतकोआन्तरिक राजस्व कार्यालयकर्मचारीहरूले एकैसाथ बिबिसीका दुई कार्यालयमा छापा मारेका हुन्।

छापा मार्ने क्रममा केही पत्रकारहरूको मोबाइल पनि जफत गरिएको एनडिटिभीले जनाएको छ। केहीदिन बिबिसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे आफूले बनाएको वृत्तचित्र सार्वजनिक गरेको थियो।

प्रतिक्रिया दिनुहोस्