सरकार र यातायात व्यवसायीबीच वार्ता जारी



काठमाडौं ।

सरकार र  यातायात व्यवसायी नेताहरुबीच वार्ता सुरु भएको छ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जारी वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलनरत मजदुर संगठनको नेताहरुसँग वार्ता सुरु भएको हो ।

हिजो बालाजु क्षेत्रमा भएको आगजानी र तोडफोडको घटना भएकाे थियाे । तीनवटा मजदुर संगठनले आज सवारी साधान नचलाउने निर्णय गरे पछि उनीहरुलाई बार्तामा बोलाएको हो ।

मजदुर संगठनको हडतालपछि काठमाडौं उपत्यकामा सवारी साधान कमै मात्रा चलेका छन । जसका कारण यात्रुहरु अलपत्र अवस्थामा छन् ।

काठमाडौं उपत्यकामा आन्दोलनरत यातायात मजदुरले आज आह्वान गरेको सार्वजनिक यातायात बन्दको आंशिक प्रभाव परेको छ ।

बिहानैदेखि काठमाडौंका विभिन्न रुटमा चल्ने सार्वजनिक यातायातका सवारी साधन न्यून संख्यामा चलेका छन् । केही बस, माइक्रो बस र ट्याक्सीहरु चले पनि सामान्य अवस्थाको संख्यामा सार्वजनिक यातायात नचल्दा यात्रुले भने सास्ती भोग्नु परेको छ ।

कम संख्यामा सार्वजनिक सवारी चल्दा यात्रुले कोचिएर यात्रु गर्नु पर्ने बाध्यता छ । कतिपय रुटमा गाडी नचल्दा ती गन्तव्यका यात्रु मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्