रास्वपा संसदीय दल र केन्द्रीय समितिको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बस्ने भएको छ । आज (सोमबार) दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराही घण्टीघरमा बस्ने भएको हो ।

बैठकमा समसामयिक राजनीतिक अवस्था र चितवन–२ मा हुने उपनिर्वाचनको तयारीबारे छलफल हुने बताइएको छ । रास्वपाका एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार आज बस्ने बैठकले उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयको टुंगो लाग्ने छ ।

यसअघि सोही क्षेत्रबाट रास्वपाका सभापति सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर, सर्वोच्च अदालतले सांसद पदबाट निलम्वित हुने फैसला गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगले चितवन–२ मा आसन्न बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्