आजदेखि जनयुद्ध दिवसको वैधानिकता



काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन १ गते मनाइने जनयुद्ध दिवसले वैधानिकता पाएको बताएका छन् ।

आज (सोमबार) बिहान माओवादी केन्द्रको केन्द्रीय पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ढिलै भए पनि जनयुद्ध दिवस वैधानिक पाएको बताएका हुन् ।

उनले भने, ‘वैधानिक तवरबाट स्थतापित गरिनुपथ्र्यो । ढिलै भए पनि हिजो नेपाल सरकारबाट जनयुद्ध दिवस मनाउने निर्णय भयो र एक दिन बिदा दिने निर्णय गरियो ।’ ‘यो निर्णय आफैंमा ऐतिहासिक हो । परिवर्तनन ल्याउने प्रमुख आन्दोलन र औचित्य सिद्ध गर्नका निम्ति ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै नेपाल सरकारको मन्त्रिपरिषद्बाट यो निर्णय गरेको हुँ । अब यो माओवादीको मात्र भएन, नेपाल राष्ट्रकै सम्पती बन्न पुग्यो ।’

जनयुद्ध नेकपा (माओवादी)ले नेतृत्व गरेको भए पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवस भएको प्रधानमन्त्रस् प्रचण्डले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्