आज जनयुद्ध दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा



काठमाडौं । जनयुद्धको २८औं वार्षिकोत्सवको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । आज (सोमबार) सरकारले नै सार्वजनिक बिदा दिएको हो ।

माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध शुरु गरेको थियो । सोही अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ ।

त्यस्तै सोही जनयुद्धकै जगमा गणतन्त्र स्थापित भएको माओवादीको दाबी छ । यस दिवका अवसरमा प्रदेश सरकारहरूले पनि छुट्टै सार्वजनिक बिदाको घोषणा गरेका छन् ।

यद्यपि शान्ति प्रक्रियापछि माओवादीले पटकपटक सरकारको नेतृत्व गरे पनि आज पहिलो पटक सरकारले नै जनयुद्ध दिवसको अवसरमा बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्