लुम्बिनी प्रदेशमा हावाहुरीका कारण नवनियुक्त मन्त्रीहरुको शपथ राेकियाे



काठमाडाैं ।

लुम्बिनी प्रदेशमा तीव्र गतिको हावाहुरीका कारण नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण रोकिएको छ । शपथ ग्रहणका लागि बनाइएको मञ्च हावाले भत्काएपछि कार्यक्रम नै स्थगित भएको छ । अहिले अर्को स्थानमा मञ्च तयारीको काम भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा आज अपराह्न हावाहुरी चल्ने जनाएको थियो । पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

प्रतिक्रिया दिनुहोस्