निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारमाथि केन्द्रीय नेताहरूद्वारा नै अन्तर्घात : जसपा



काठमाडौं । गत मंसिर ४ मा देशैभर एकै चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारमाथि अन्तर्घात गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालको आरोप छ । आज (आइतबार) बिहान जसपाद्वारा जारी सूचनमार्फत पार्टीका केन्द्रीय नेताहरूमाथि यस्तो आरोप लगाएको हो ।

निर्वाचनमा अन्तर्घातको आरोप लाग्नेमा जसपा नेपालका अधिकांश केन्द्रीय स्तरका नेताहरू रहेका बताईएको छ । पार्टीका केन्द्रीय कार्यकारी समिति सदस्य शिवलाल थापा नेतृत्वको छानवीन समितिले अहिलेसम्म करिब ४० जना केन्द्रीय नेताहरुसँग बयान लिइसकेको छ ।

मोरङ, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बर्दिया, कैलाली, सुर्खेत जिल्लामा पुगेरै समितिले आरोपितहरूसँग बयान लिएको हो ।

त्यस्तै सुनसरी, पाँचथर, धादिङ, मकवानपुर जिल्लाको छानवीन सकिएपछि समितिले आफ्नो प्रतिवेदन बुझाउने छ ।  अन्तर्घात आरोप पुष्टि भएमा उनीहरूमाथि पार्टी विधानले गरेको व्यवस्था बमोजिमको कारबाही गर्ने चेतावनी दिएको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा मात्रै ४० जना केन्द्रीय पदाधिकारी नै निर्वाचनको अन्तर्घाती हुनसक्ने जपाले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्