चिकित्सक संघको हडतालले वीर अस्पतालमा बिरामी अलपत्र (फोटोफिचर)



काडमाडौं ।

नेपाल चिकित्सक संघको आन्दोलनका कारण वीर अस्पतालमा बिरामीहरु अलमलमा परेका छन । ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको बिरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारिएको छ । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलमलमा परेका छन् ।

स्याङजका एक बिरामी रामेश्वर न्यौपाने भन्छन, ‘अस्पतालमा उपचारका लागि आईयो तर यहाँ तालाबन्द छ, अब कसरी उपचार गर्नु ? अलपत्र परियो ।’ सरकारले सो घटनामा संलग्न एक वरिष्ठ उपरिक्षकलाई निलम्बन गरेको घोषणा गरिसक्दा पनि चिकित्सक संघले अझै आन्दोलन फिर्ता लिएको छैन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भने बिहानै देखी सरकार र चिकित्सिक संघका पदाधिकारी बिच वार्ता भने भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्