जनमत र नागरिक उन्मुक्तिका नेता उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठकमा अनुपस्थित



काठमाडौं । सत्ता साझेदार दलहरूको उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठकमा जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी भएका छैनन् । केहीबेर अघि बसेको उक्त संयन्त्रको बैठकमा यी दुई दलबाट कुनै पनि नेताहरू सहभागी नभएको बैठकमा सहभागी एक नेताले बताए ।

बैठकमा दुई घटक दल सहभागी हुन छाडेका छन् । केही दिनयता विकसित राजनीतिक घटनाक्रममा उनीहरू संयन्त्रको बैठकमा सहभागी नहुनुलाई अर्थपूर्ण ढंगले हेरिन थालिएको छ ।

गत शुक्रबार बसेको उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठकमा सत्तारुढ दल जनमत र नागरिक उन्मुक्ति पार्टी सहभागी भएन । नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा सुदूरपश्चिममा बनेको नेकपा (एमाले) सरकार ढल्न पुग्यो भने सत्ता गठबन्धनको हातबाटै गुमेको सरकारको नेतृत्व कांग्रेसले पाएको छ ।

यसको भोलिपल्ट शुक्रबार बसेको संयन्त्रको बैठकमा नागरिक उन्मुक्ति मात्र होइन, जनमत पार्र्टी पनि सहभागी भएन ।
आइतबार पनि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा संयन्त्रको बैठक बसरहेको छ । जसमा जनमत र नागरिक उन्मुक्ति सहभागी छैनन् ।

जारी बैठकमा संयन्त्रको संयोजक तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्