बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुरू



काठमाडौं ।

सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको हो ।

बैठकमा समसमायिक राजनीतिक विषयका साथै राष्ट्रपति, उपराष्ट्रपति निवार्चनका बारेमा छलफल हुनेछ। रास्वपा सरकारबाट बाहिरिएसँगै अप्ठयारोमा परेको गठबन्धनले मन्त्रिपरिषदको पुणर्ता दिने बारेमा पनि छलफल हुनेछ । प्नधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रि मण्डलमा अझै पाँच मन्त्रालय रिक्त छन् ।

प्रतिक्रिया दिनुहोस्