पूर्वमुख्यमन्त्री पाण्डेले सरकारी गाडी फिर्ता गर्न आनाकानी



हेटौंडा ।

संघीय सासंद वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारले उपलब्ध गराएको सवारीसाधन अझै फिर्ता गरेका छैनन् ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका पूर्वमुख्यमन्त्री पाण्डे मंसिर ४ गतेको निर्वाचनमा धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

प्रतिनिधिसभामा शपथ लिएपछि उनले वाग्मती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । मुख्यमन्त्रीबाट राजीनामा दिएको ७ दिनभित्र सवारीसाधन फिर्ता गर्नुपर्ने भएपनि पूर्वमुख्यमन्त्री पाण्डेले अझै सवारी फिर्ता गरेका छैनन् । उनले प्रयोग गर्दै आएको वाग्मती प्रदेश ०३-००१-०११३ नम्बरको सवारी फिर्ता गर्न अटेरी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्