प्रहरीबाट कुटिएका चिकित्सकसँग राष्ट्रपतिले माफी माग्नुपर्छ : सांसद शाही



काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सवारीका क्रममा कुटिएका चिकित्सकसँग राष्ट्रपतिले माफी माग्नुपर्ने बताएको छ । पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

ट्रमासेन्टरका चिकित्सकलाई प्रहरीले निर्घात कुटपिट सिकिस्त बनाएको घटनाले आफू मर्माहत भएको उनले उल्लेख गरेका छन् ।

‘शुक्रबार दिउँसो सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी बानेश्वरस्थित संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर फर्किने क्रममा बाटो हिँडेको भन्दै बाटोमा हिँड्दै गरेका ट्रमासेन्टरका चिकित्सकलाई प्रहरीले निर्घात कुटपिट गरी सिकिस्त बनाएको घटनाले हामी मर्माहत भएकाे प्रवक्तासमेत रहेका शाहीले बताएका छन्  ।

प्रतिक्रिया दिनुहोस्