गुट उपगुटले धरासायी बनेको कांग्रेस अब बलियो हुँदै छ : श्याम घिमिरे


महोत्तरी।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले गुट उपगुटले धरासायी बनेको कांग्रेस अब बलियो हुँदै गएको बताएका छन् ।

महोत्तरीमा गुट उपगुटले कमजोर बनेको कांग्रेस बलियो हुँदै गएको बताएका प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले  कांग्रेसलाई बलियो बनाउने विषयमा छलफल भइरहेको पनि जानकारी दिए ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको समयदेखि  कांग्रेस कमजोर भए पनि पुरानै लयमा फर्किने अवस्था ल्याइपुर्‍याएको उनको भनाइ छ ।

स्थानीय तहको निर्वाचनमा बागी बनेर निर्वाचित भएका बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीको समूहको कारबाही फुकुवा गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।