जसपाले एकीकृत समाजवादी लगायत अन्य कुन-कुन दलसँग गर्दैछ एकता ?


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कुमार लिङ्देन नेतृत्वको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताको प्रस्ताव गर्दै पत्र पठाएको छ ।

हिजो (सोमबार) पार्टीको तर्फबाट वार्ता समितिका संयोजक रहेका नेता राजेन्द्र श्रेष्ठद्वारा पठाइएको पत्रमा भनिएको छ, ‘देशले आज श्रमजीवी तथा उत्पीडित समुदायको प्रतिनिधित्व गर्ने पार्टीहरुबीच एकता खोजिरहेको छ ।’

एकताले देशमा परिवर्तनकारी राजनीतिक एजेण्डाहरू स्थापित गर्न, देशलाई अग्रगमनतर्फ डोर्याउन र उत्पीडित वर्ग तथा पछाडी परेका महिला, मुस्लिम, आदिवासी जनजाति, मधेसी, खस, थारु, शिल्पी÷दलित, अल्पसंख्यक तथा सिमान्तकृत समुदायका अधिकार सुनिश्चित गर्न तथा देशको प्रतिकूल राजनीतिक शक्ति सन्तुलनलाई अनुकुल बनाउन सकिने पत्रमा उल्लेख उल्लेख छ ।

पत्रमा भनिएको छ, ‘पार्टी एकताको लागि विचारधारात्मक र संगठनात्मक विषयमा वार्ता एवम् छलफल गर्नका लागि हामी तपाईंको पार्टीसँग हार्दिकतासाथ प्रस्ताव अगाडि बढाउन चाहन्छौ ।’

यसअघि जसपाले नेकपा (एकीकृत समाजवादी) लगायत नागरिक उन्मुक्ति, राष्ट्रिय जनमुक्ति लगायतका दलहरुसँग पनि एकताको पहल गरिरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।