राष्ट्रपतिले संसदमा सम्बोधन गर्ने



काठमाडौं । चालू अधिवेशनमा संसद्को संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नुहुने भएको छ । उहाँले संसद्को संयुक्त बैठकमा यही माघ २७ गते सम्बोधन गर्नुहुने भएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको हो ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन हाल जारी छ । पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गर्न लाग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्