राजीनामा बुझाएका तीन मन्त्रीले सोमबार पत्रकार सम्मेलन गर्ने



काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्री बनेर आइतबार साँझ प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका तीन मन्त्रीले सोमबार पत्रकार सम्मेलन गर्ने भएका छन्।

राजीनामा दिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले सोमबार दिउँसो ३ बजे पार्टी कार्यालय बसुन्धारामा पत्रकार सम्मेलनको आयोजना गर्ने भएका हुन्।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्