धनगढी ल्याइए सांसद चौधरी,  आज कैलाली हिरासतमा बास



धनगढी। 

बाँकेबाट पक्राउ गरिएका नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सदस्य अरुणकुमार चाैधरीलाई धनगढी ल्याइएको छ । चाैधरीलाई श्रीएयरलाइन्सकाे विमान मार्फत धनगढी ल्याइएको हो ।

चाैधरीलाई बिहीबार जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले चाैधरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने जानकारी दिए ।

डिएसपी जोशीले उनलाई शुक्रबार जिल्ला अदालतमा पेश गरिने बताए । १३ वर्ष अघिको आगजनीको मुद्दामा जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय सुनाएको थियो । बिहीबार अपराध अनुसन्धान महाशाखाको टोलीले काेहलपुरबाट पक्राउ गरेको थियो । बाँकेबाट श्रीएयरलाइन्सकाे विमानबाट काठमाडौं लगिएकाे थियो ।

चाैधरी पक्राउ परेकाे विरोधमा नागरिक उन्मुक्ति पार्टीले कैलालीको बाैनियामा प्रदर्शन गरेको थियो भने भोलि कैलालीमा यातायात बन्द गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्