लामिछाने विजयी भएको चितवन-२ मा उपनिर्वाचन हुने


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने विजयी भएको चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ ।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले शुक्रबार लामिछाने नेपाली नागरिक नभएको ठहर गरेसँगै उनकाे उम्मेदवारी र निर्वाचित भएको निर्णय खारेज गरेपछि चितवन २ मा उपनिर्वाचन हुने भएको हो ।

अदालतको फैसला आयोगमा आइसकेपछि मात्रै भन्न सकिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।अदालतको आदेश संघीय संसद सचिवलायमा पेश भएर त्यहाँबाट जानकारी पाएपछि आयोगले प्रक्रिया थाल्ने पौडेलले उनकाे भनाइ छ ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।