झापाको चिया बगानमा युवक-युवती झुण्डिएको अवस्थामा फेला


झापा ।

झापाको चिया बगानमा युवक-युवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । झापाको कचनकवल गाउँपालिका– ४ केचनामा रहेको एभरेस्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् ।

अन्दाजी २५ वर्षका युवक र १८ वर्षकी युवती रहेको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा अहिले प्रहरी टोली पुगेको छ । घटनाबारे विस्तृत जानकारी आइनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।