प्रधानमन्त्री दाहाल २२ औं सशस्त्र प्रहरी दिवसमा सरिक [तस्बिरहरु]



????????????????????????????????????

काठमाडौं ।

२२औं सशस्त्र प्रहरी दिवस–२०७९, सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोक स्वयम्भुमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रवी लामिछाने सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायतको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम गरी सम्पन्न भएको छ ।

प्रधानमन्त्री दाहालले सो विशेष समारोहमा प्रहरीद्वारा देखाइएका विभिन्न झाँकी साहसिक खेल तथा कलाहरुको प्रमुख चासोका साथ निरीक्षण गरेका थिए । उनलाई गृहमन्त्री रवी लामिछानेले पनि साथ दिएका थिए ।

कार्यक्रमको सुरुवातमा प्रधानमन्त्री दाहाल र सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गिय कृष्णमोहन श्रेष्ठ लगायत अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कर्तव्य पालनाको सिलसिलमा घाईते तथा अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।

सशस्त्र प्रहरी बल, नेपालको संचार, इन्ट्रानेट तथा फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त विशेष समारोहमा नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा, गृहसचिव विनोद प्रकाश सिंह, संवैधानिक निकायका प्रमुखहरु, कामठमाडौं महानगरपालिका प्रमुख, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत नेपाल पूर्व सशस्त्र प्रहरी संघका पदाधिकारीहरु एवं सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु तथा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्