नेपाली कांग्रेसले पायो प्रमुख प्रतिपक्ष दलको मान्यता



काठमाडौँ।

नेपाली कांग्रेसले प्रतिपक्ष दलको मान्यता प्राप्त गरेको छ । संघीय संसद् सचिवालयले माघ ४ गते लेखेको पत्रमा कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिँदै प्रतिपक्ष दलका सभापति शेरबहादुर देउवाको सेवा सुविधा पनि तोकेको छ ।

‘प्रस्तुत विषयमा तहाँ दलको कार्यालयको पत्र संख्या २०७९।०८० च.नं. ४५ मिति २०७९।०९।२९ को पत्रवाट प्रतिनिधि सभामा विपक्षी दलको नेता माननीय श्री शेर वहादुर देउवाज्यूले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भई आएको सन्दर्भमा सो सुविधा संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरु र अनुसूची–१ तथा अनुसूची–२ बमोजिम हुने व्यहोरा निर्देशानुसार अनुरोध छ।’सचिवालयका उपसचिव रामहरि थापाद्वारा लिखित पत्रमा भनिएको छ।

यसअघि कांग्रेसले सचिवालयमा कांग्रेसलाई विपक्षी दलको मान्यता दिँदै सेवा सुविधा उपलब्ध गराउन पत्र पठाएको थियो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्