माघ १५ गते माइतीघरमा बालेनविरुद्ध प्रदर्शनको तयारी



काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध माघ १५ गते सडक विस्तार पीडित संघर्ष समितिले माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ ।
मेयर बालेनका कारण काठमाडौंबासी त्रासमा रहेको र मेयर बालेन स्वेच्छाचारी एवै निरंकुश बन्दै गएका कारण उनीविरुद्ध आन्दोलनको तयारी गरिएको समितिले जनाएको छ।

उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको संयोजनमा उक्त प्रदर्शन गर्न लागिएको हो ।

प्रदर्शनमा उपत्यकाभरिकै सडक विस्तार पीडितलगायत मेयर साहका विभिन्न कार्यका कारण मारमा परेका पीडितहरुको सहभागिता रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्