समाजवादी आचरण नभएका पार्टी कम्युनिस्ट हुन सक्दैनन् : नेता सुनिल प्रजापती



कालिकोट । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का नेता सुनिल प्रजापतीले समाजबादी आचारण नभएका पार्टी कम्युस्ट हुनै नसक्ने बताएका छन् । आज (सोमबार) कालिकोटको सदरमुकाम मान्मामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

पत्रकार भेटघाट कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गरेका नेता प्रजापतिले कम्युनिस्ट पार्टीहरूका नेता तथा कार्यकर्ताहरूले देशका शैक्षिक संस्था, अस्पताल लगायत जनताको जनजीवनसँग प्रत्यक्ष जोडिएका सार्वजनिक महत्वका संयन्त्रलाई निजीकरण र व्यवसायी, दलाल पोस्न उद्धत रहेको आरोप लगाए ।

उनले प्रमुख प्रतिपक्षमा उभिनुपर्ने नेपाली कांग्रेसले सरकारलाई मत दिएर नेपालबाट वेस्ट मिनिस्टरी प्रणालीको अन्त्य गरेको आरोप लगाए । उनले आफ्नो पार्टी कांग्रेस जस्तो न प्रतिपक्ष न सत्तापक्ष जस्तो नभई संविधान संवत प्रतिपक्षमै बस्ने स्पष्ट पारे ।

नेता प्रजापतिले भने, ‘कांग्रेसले विवेक गुमाएपछि प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पिछलग्गू बन्नु परेको छ ।’

कार्यक्रममा नेमकिपाको भातृ संघ–संगठनका प्रतिनिधि तथा नेताहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्