पाँच जना पाइलटलाई कारबाही गर्न निर्देशन



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका पाँच जना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ ।

नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा एटीसीको इन्स्ट्रक्सन नमानेपछि पाइलटलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको हो ।

पाँच जना पाइलटलाई निलम्बन गर्न निर्देशन पठाएको प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

पाइलट नरबहादुर विश्वकर्मा, राजेश कुशवाह, उद्धव घिमिरे, वाईपी ज्वार्चन र प्रसन्न रानालाई एटीसीको निर्देशन पालना नगरेको कसुरमा निलम्बन गर्न निर्देशन दिइएको छ ।

प्राधिकरणले पाइलटहरुलाई बोलाएर सोधपुछ गरेपछि निलम्बन लम्ब्याउने वा नलम्ब्याउने विषयमा निर्णय हुने निरौलाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्