रुबी खानसहितका अधिकारकर्मी पक्राउ



काठमाडौँ।

बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनरत रुबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।

माइतीघरबाट र्‍यालीसहित अगाडि बढिरहेको बेला प्रहरीले खानसहितका ७ जना अधिकारकर्मीलाई पक्राउ गरेको हो।

अधिकारकर्मीको टोली बबरमहलस्थित जिल्ला अदालतको अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ अघि बढेका बेला पक्राउ परेका हुन्।पक्राउ परेका उनीहरुलाई सिंहदरस्थित प्रहरीकार्यालयमा रखिएको छ।

उनीहरुले निर्मलालाई बेपत्ता पारेको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै आएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्