राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त



काठमाडौं ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा. श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेको हाे ।

आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्षमा नियुक्त डा. श्रेष्ठलाई आजै पद तथा गोपनीयताको शपथ गराएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि श्रेष्ठ नै योजना आयोगको उपाध्यक्ष थिए । श्रेष्ठ नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । म्यादीका श्रेष्ठलाई माअाेवादीले समानुपातिकमा पनि उम्मेदवार बनाएको थियोे ।

 

प्रतिक्रिया दिनुहोस्