शेखर-गगन समूहको बैठक सम्पन्न, अर्को बैठक मंगलबार बस्ने



काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर शेखर–गगन समूहको बैठक पुनः बस्ने गरी सम्पन्न भएको छ । आज (आइतबार) काठमाडौं बत्तिसपुतलीको एक होटलमा बसेको बैठक पुनः बस्ने गरी सम्पन्न भएको हो ।

बैठकमा देशको विकसित एवं समसामयिक राजनीतिक घटनाक्रम र त्यसको अवस्थाका विषयमा छलफल भएको नेता गुरुराज घिमिरेले जनाकारी दिए ।

प्रधानमन्त्रीलाई कांग्रेसले दिएको विश्वासको मत, पार्र्टी नेतृत्वको कार्यशैली, आगामी माघ १५ गते बस्ने केन्द्रीय समिति बैठकलगायतका विषयमा छलफल भएको अर्का नेता अर्जुननरसिंह केसीले बताए ।

बैठकमा बोल्ने अधिकांश नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको सन्दर्भमा सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका थिए ।

प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्नु नेतृत्वको कमजोरी भएको भन्दै उनीहरूले सभापतिको कार्यशैलीको आलोचना गरेका थिए ।

शेखर–गगन समूहको बैठक पुनः १० गते मंगलबार बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्