कांग्रेस नेता शेखर-गगन समूहको बैठक जारी, राजनीतिक घटनाक्रमबारे छलपल


काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरा र महामन्त्री गगनकुमार थापा (शेखर–गगन) समूहको बैठक काठमाडौंको बत्तिसपुतलीमा जारी छ ।

आज (आइतबार) बिहान ८ बजेदेखि बत्तिसपुतलीको फुटल्याण्डमा उक्त समूहको बैठक बसेको शेखर कोइरालाको सचिवालयले जनाएको छ ।

नेताहरूले देशको पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे सामूहिक धारणा बनाउन बैठक बसेको हो ।

बैठकमा १४औँ महाधिवेशनमा शेखर–गगन समूहबाट निर्वाचित पदाधिकारी, उम्मेदवारहरू, केन्द्रीय सदस्यहरू, प्रतिनिधिसभा सांसदहरू र प्रदेश सभापतिहरू सहभागी रहेको नेता गुरूराज घिमिरेले बताए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।