उपसभामुख चयनका प्रतिनिधिसभाको बैठक जारी



काठमाडौं । 

प्रतिनिधिसभाका उपसभामुख चयनका प्रतिनिधिसभाको आजको बैठक  जारी छ । उपसभामुखमा सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार छन् ।

रानाको प्रस्तावकमा रास्वपाका सोविता गौतम र समर्थकमा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ, नेकपा(माओवादी केन्द्र)का नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङदेन छन् ।

 

यादवको प्रस्तावकमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला छन् ।

बैठकमा दुवै उम्मेदवारका प्रस्तावक र समर्थकले आ–आफना पक्षका उम्मेदवारलाई समर्थन गर्न आग्रह गर्नेछन् । दलीयरुपमा संसद्मा प्रतिनिधित्व रहेका दलका नेताले पनि मन्तव्य राख्नेछन् ।

प्रतिक्रिया दिनुहोस्