एकहप्ताभित्र कामपाको सबै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण गरिने



काठमाडौं ।

काठमाडौं महानगरपालिकाको सबै वडबाट राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । यसका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले वडाध्यक्ष र सचिवहरुकालागि शुक्रबार अभिमुखीकरण आयोजना ग¥यो ।

यसअघि राष्ट्रिय सभा गृहबाट विवरण संकलनहुने गरेको थियो । अभिमुखीकरण कार्यक्रममा विभागका महानिर्देशक तीर्थराज भट्टराईले सुरुमा केही वडाबाट काम थालनी गर्ने र एक हप्ताभित्र सबै वडामा सेवा पु¥याउने लक्ष्यसहित योजना गरिएको बताउनुभयो ।

नागरिकको पहिचानलाई डिजिटल पहिचानगर्ने, व्यक्तिग तर जैविक पहिचानलाई एकीकृतगर्ने राष्ट्रिय परिचयपत्र बनाउनुको अवधारणा भएको उहाको भनाई थियो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६,कार्यविधि २०७७ परिचयपत्रका कानुनी आधार हुन् । यसमा जनसांख्यिक र जैविक विवरण समावेश हुन्छ ।

जनसांख्यिक विवरणमा नाम थर, जन्ममिति, लिङ्ग, राष्ट्रियता, स्थायी अस्थायी ठेगाना, बुबाआमा, पतिपत्नी, बाजे बज्यैको नाम थर, नागरिकता सम्बन्धी सूचना पर्छन् । यसैगरी जैविक विवरणमा दश औलाको छाप, आँखाको रङ्ग, अनुहारको फोटो लगायत विवरण पर्छन् ।

परिचयपत्रका विषयमा जानकारी दिँदै महानिर्देशक भट्टराई भन्नुभयो– यसप्रकारका विवरणबाट नागरिकको वास्तविक पहिचान प्रमाणीकरण हुन्छ । सार्वजनिक सेवाप्रवाह, शान्ति सुरक्षा, सामाजिक सुरक्षा, कर प्रणाली, राहदानी जस्ता सेवा यससँग आवद्ध हुने भएकोले सेव ावितरण र व्यवस्थापनमा सहज हुन्छ । हरेक व्यक्तिलाई १० अङ्कको छुट्टाछुट्टै परिचयपत्र दिइन्छ ।

विवरण दिन जाँदा नेपाली नागरिकताको प्रमाणपत्रको सक्कलप्रति, नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको भए शैक्षिक योग्यताका प्रमाणपत्र, राहदानीवा यस्तै खालका मितिखुल्ने आधिकारिक प्रमाण चाहिन्छ । नागरिकताको प्रमाणपत्रमा उल्लेखित भन्दा फरक स्थायी ठेगाना भएमा बसाइँ सराइ दर्ताको प्रमाणपत्र सक्कलप्रति लैजानुपर्छ ।

राज्य पुनःसंरचनाको कारण ठेगाना परिवर्तन भएको हकमा त्यस्तो कागजात आवश्यक पर्दैन । विवाहितको हकमा नागरिकताको प्रमाणपत्रमा पति वा पत्नीको नाम उल्लेख नभएमावा फरक परेमा विवाहदर्ताको प्रमाणपत्रको सक्कलप्रति आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्