सभामुख घिमिरेद्वारा सर्वदलीय बैठक आह्वान



काठमाडाैं  । 

सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक आह्वान गरेका छन् । उनले शनिबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

संसद सचिवालयका अनुसार सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बैठकमा बोलाइएको हो ।

सभामुखको निर्वाचन पछि घिमिरेले पहिलो पटक सर्वदलीय बैठक बोलाएका हुन् । घिमिरे गते विहीबार सभामुखमा निर्वाचित भएका थिए । आजै उपसभामुखको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्