जातीय दुर्व्यवहारको आरोपमा पक्राउ परेका वडाध्यक्ष धरौटीमा रिहा



पोखरा ।

जनप्रतिनिधि माथि नै जातीय दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी धरौटीमा रिहा भएका छन् ।

उनीमाथि आफ्नै वडा सदस्यले जातीय दुर्व्यवहार तथा छुवाछुतको आरोप सहित उजुरी दिएकी थिइन् । कास्की जिल्ला अदालतले अधिकारीलाई १ लाख ५० हजार धरौटीमा रिहा गरेको हो । न्यायाधीश ऋषिराज आचार्यको एकल इजलासले धरौटीमा छोड्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्