आजकाे माैसम : उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातकाे सम्भावना



काठमाडौं ।

 सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा शनिबार हल्का हिमपातको सम्भावना छ ।

साथै सुदूरपश्चिम, कर्णाली र गण्डकीका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ । मधेस र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली हुनेछ । यस्तै देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहने महाशाखाले अनुमान गरेको छ ।

शनिबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । महाशाखाले हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको पनि जनाएको छ ।

शनिबार राति प्रदेश १ र गण्डकीका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ ।

सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुने भएको र तराईका धेरै भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले सावधानी तथा सतर्कता अपनाउन सर्वसाधारणमा महाशाखाले अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्