एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन



काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयद्वारा प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइएको छ ।

आज (शुक्रबार) गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै कर्तव्य ज्यान मुद्दामा फरार कोइरीलाई प्रक्राउ गर्न निर्देशन दिइएको हो । कौइरी महोत्तरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

फरार प्रतिवादी संसदमा उपस्थित भएको विषयमा प्रश्न उठेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पक्राउ गर्न निर्देशन दिएका थिए । तर हालसम्म कोइरीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्