कांग्रेसले उपसभामुख पदको उम्मेदवार मुक्ता यादवलाई बनाउने



काठमाडौं ।

नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ता कुमारी यादवलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको कांग्रेस पदाधिकारीसहित नेताहरुको बैठकले उपसभामुख पदमा पार्टीको तर्फबाट यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले केन्द्रीय सदस्यसमेत रहेकी यादवलाई उपसभामुख पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । यादव समानुपातिक सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्