इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय



काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले इन्दिरा राना मगरलाई उपसभामुखमा उम्मेदवार उठाउने भएको छ ।

शुक्रबार बिहान बसेकाे रास्वपा संसदीय दलको बैठकले मगरलाई उपसभामुखमा उम्मेदवार बनाउने निर्णय गरेकाे हो।

सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ । त्यसैले अब राना सत्तागठबन्धनको साझा उम्मेदवार बन्ने भएकी छन् । यसअघि रास्वपामा सोविता गौतम, सुमना श्रेष्ठ, चन्दा कार्कीको नाम चर्चामा थियो । चारमध्ये उप्रेतीले सभामुख बन्न निकै लबिइङ गरेकी थिइन् । अब उनी इन्दिराको प्रस्तावक बन्ने भएकी छन् ।

प्रतिनिधिसभाको उपसभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ । प्रतिनिधिसभाले बिहीबार सभामुख पाएसँगै आजबाट उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको हो । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मनोनयन दिउँसो १ देखि अपरान्ह्र ४ बजेसम्मका लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्