एमालेले राष्ट्रपतिमा उम्मेदवार उठाउँछ, त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ : अध्यक्ष ओली



काठमाडौँ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवार उठाउने बताएका छन् ।

संसद बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्रीको प्रस्तावबारे प्रश्न गरेका थिए । जवाफमा ओलीले भने, ‘राष्ट्रिय सहमतिमा हुनुपर्छ, एमालेले उम्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो । त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ ।’

सत्ता साझेदार दलहरुबीच भएको सहमति पनि त्यही भएको उनको दाबी छ।

 

 

प्रतिक्रिया दिनुहोस्