लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत



दाङ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बिहीबार दिउँसो बसेको प्रदेशसभाको पहिलो अधिवेशनकाे चौथो बैठकमा मुख्यमन्त्री गिरीले ७ दलको विश्वासको मत प्राप्त गरेका हुन् ।

मुख्यमन्त्री गिरीले नेकपा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्रको गरी ५७ मत प्राप्त गरेका हुन् । उनको विपक्षमा २८ मत परेको छ ।

मुख्यमन्त्री गिरी पुस २७ गते ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

लुम्बिनी प्रदेशमा कुल ८७ सांसद छन्

 

प्रतिक्रिया दिनुहोस्