विश्वप्रकाश शर्माले राखे ईश्वरी न्यौपानेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव


काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको सभामुखमा ईश्वरीदेवी न्यौपानेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राखेका छन् ।

लामो समय नेपालको संसदीय प्रक्रियामा सहभागी भई महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तित्व भएकाले पनि न्यौपानेलाई सभामुखमा निर्वाचित गर्न सांसद शर्माले आग्रह गरे ।शर्माले संसद् विपक्षको भन्ने मान्यताअनुसार कांग्रेसका न्यौपानेलाई विजयी गराउने उनले माग गरे ।

संसदको सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसले सभामुखको उम्मेदवार बनाएकाले यसलाई अन्यथा नलिन उनले आग्रह गरे ।न्यौपानेको समर्थकमा एकीकृत समाजवादीका प्रकाश ज्वालाले सहयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।