हेटौँडा।
वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिएका हुन् ।
उनलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, नेकपा (एस) र हाम्रो नेपाली पार्टीका १०५ सांसदले विश्वासको मत दिएका थिए । मतदान प्रक्रियामा १०९ सांसदको उपस्थित थिए । उनको विपक्षमा ३ मत परेको थियो ।
प्रदेशसभामा कांग्रेस ३७, एमाले २७, माओवादी केन्द्र २१, राप्रपा १३, एकीकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन छ । सभामुख भुवन पाठक भने मतदान प्रक्रियामा सहभागी भएनन् ।
११० सदस्यीय प्रदेशसभामा ५६ मत भएको खण्डमा पुग्ने थियो । जम्कट्टेल प्रदेशसभाको ५ दलको ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । जम्कट्टेलले पुस २५ गते मुख्यमन्त्रीको शपथ लिएका थिए ।











प्रतिक्रिया