बालुवाटारमा सर्वदलीय बैठक बस्दै, बैठकको एजेण्डा- सभामुख र उपसभामुखको निर्वाचनबारे छलफल


काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बस्ने भएको छ । आज (मंगलबार) दिउँसो ४ बजे उक्त बैठक बस्ने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सर्वदलीय बैठक बस्नेछ ।

सत्ता गठबन्धनमा सभामुख र उपसभामुखको उम्मेदवारसँगै मन्त्रालय भागबन्डामा सहमति जुटाइएको छ भने प्रधानमन्त्रीलाई विश्वासको मत दिएका दलहरूसँग छलफल गर्ने बैठकको एजेण्डा रहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।