विमान दुर्घटना अपडेट : थप एक जनाको शव भेटियो



काठमाडौँ।

पोखरा विमान दुर्घटनामा हराइरहेका मध्ये थप एक जनाको शव भेटिएको छ। सशस्त्र प्रहरीबलको गोताखोर टोलीले ३:०० बजे सेतीको पानीबाट शव निकालेको हो। पानीबाट निकालिएको शव अस्पताल लाने तयारी भइरहेको बताइएको छ।

प्रहरीका अनुसार थप एकजनाको शव भेटिएपछि अब तीन जनाको अवस्था मात्र अज्ञात छ।

घटनास्थलमा अहिले पनि उद्धार कार्य जारी छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्