पोखरा विमान दुर्घटना : ४ जनाको अवस्था अझै अज्ञात, खोजी कार्य जारी



पोखरा ।

आइतबार बिहान पोखरामा भएको विमान दुर्घटनामा हालसम्म ६८ जनाको शव भेटिएको छ। ४ जनाको अवस्था आझै अज्ञात छ । उनीहरुबारे खोजी कार्य तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र  प्रहरी बल खटिएको छ । अहिलेसम्म ६८ जनाकोमात्रै शव भेटिएको छ । आइतबार साँझ ६३ र सोमबार बिहान ५ वटा शव बाहिर निकालिएको थियो ।

हालसम्म ३८ जनाको सनाखत भएको छ । सनाखत नभएका व्यक्तिहरुलाई आझै काठमाडौं हेलिकप्टरबाट लगेर डीएनए परीक्षण गरिने अस्पताल ले जनाएको छ।
आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोंचमा दुर्घटनामा परेको थियो । उक्त विमानमा चालकदलका ४ जनासहित ७२ जना सवार थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्