पोखरा बिमान दुर्घटनामा चिनिया राजदुतद्धारा दुःख व्यक्त


काठमाडौं । चिनियाँ राजदुतले पोखरामा भएको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले दुर्घटनाको खबरले स्तब्ध भएको टविटरमार्फत उल्लेख गदैै दुःख ब्यक्त गरेका हुन । उनले टविट गर्दैै भनेका छन, ‘यस दुस्खद घडीमा हाम्रो विचार नेपाली जनताको साथमा छ। मृतकहरूप्रति गहिरो समवेदना ।’

यति एयरलाइन्सको जहाज पोखरास्थित सेती खोंचमा दुर्घटना भएको थियो। जहाजमा चालक दलका चार र ६८ यात्रु सवार थिए। मृतक मध्ये ६४ जनाको शव पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।