यस वर्षको भूकम्प दिवस : काठमाडौंको कमलपोखरीमा



काठमाडौं ।

यस वर्षको मूल समारोह काठमाडौंको कमलपोखरीमा आयोजना गर्ने भएको छ । आज राष्ट्रिय सभा गृहमा बसेको व्यवस्थापन उपसमितिको बैठकले कार्यक्रम व्यवस्थापनका विषयमा छलफल गरेको छ ।

छलफलका क्रममा महानगरकी उपप्रमुख सुनिता डंगोलले, दिवस अवसरमा सुरु हुने कार्यक्रमलाई महानगरले बर्षैभरि नियमित सञ्चालन गर्ने बताउनुभयो । विद्यालयको सुरक्षित भौतिक संरचनाका लागि विद्यालय स्तरमा गएर काम हुनेछ । नागरिकलाई जानकारी र सूचना दिन काम गरिनेछ । उपप्रमुख डंगोलको भनाइ थियो ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले मानिसहरुले भूकम्प बिर्सिदै गएर भवन संहिता पालनामा पनि लापर्वाह गर्न आरोप लगाउनुभयो । २०७२ सालको भूकम्पले नभत्किएका भवनहरुको उचाई त्यसबेला घरधनी आफैँले घटाउन थालेका थिए । त्यसबेला घटाएको उचाई अहिले आफैँ बढाएका छन् । उहाँले भन्नुभयो, ‘हामीले अनधिकृत संरचना आफैँ व्यवस्थापन गर्न सम्बन्धितका नाममा सार्वजनिक सूचना जारी गरेका छौँ । अटेर गर्नेलाई कारवाही प्रक्रिया अगाडि बढाउँछौँ ।’

पुस १८ गते भूकम्प सुरक्षा दिवस मूल समारोह समितिका संयोजक, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संयोजकत्वमा बसेको बैठकले काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा व्यवस्थापन उपसमिति र सहरी विकास तथा भवन निर्माण विभागको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गर्ने निर्णय गरेको थियो । बैठकले यसबर्षका नारा ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ तय गरेको छ ।

विसं १९९० साल माघ २ गतेको विनाशकारी भूकम्पले पु-याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ ।

यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहो¥याउने प्रतिवद्धता जोडिएको छ । त्यस बिनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

भूकम्पलाई विज्ञानसँग जोडेर २०५७ सालसम्म विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो । २०५८ सालदेखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति समिति गठन मनाउन थालिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्