धुलिखेलमा पृथ्वी जयन्ती मनाईयो



काभ्रे । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा धुलिखेलमा विभिन्न संघ संस्थाहरुले विविध कार्यक्रम आयोजना गरेका छन् । धुलिखेल नगरपालिका, कालीजंग गण धुलिखेल, राप्रपा काभ्रे र धुलिखेलका स्थानीयहरुले विविध कार्यक्रमको आयोजना गरी मनाएका छन् ।

धुलिखेल नगरपालिका वडा नम्बर ८ मा रहेको देविस्थान पार्कमा धुलिखेल नगरपालिकाले निर्माण गरेको पृथ्वी नारायण शाहको शालिकमा नगर प्रमुख अशोक ब्याञ्जु, जनप्रतिनिधिहरु, कर्मचारीहरु र सर्वसाधारणले माल्र्यापण गर्नु भएको थियो । कालीजंग गण धुलिखेलका मेजर पुरुषोतम विष्ट सहितको टोलीले सलामी सहित पृथ्वी नारायण शाहको शालिकमा माल्यापर्ण गरेको थियो ।

धुलिखेल निर्माण र नेपालको एकिकरणमा पृथ्वी नारायण शाहले पु¥याएको योगदानका बारेमा सोहि अवसरमा चर्चा गरिएको थियो । कालीजंग गणले ब्यारेक भित्र पृथ्वीनारायण शाहको तस्विरमा माल्यार्पण गरिएको थियो ।

धुलिखेलको सरस्वती बजारमा स्थानीय बुद्धराम वेयुजुले बाघ पार्कमा पृथ्वीनारायण शाहको तस्विरमा माल्यार्पण कार्यक्रम आयोजना गर्नु भएको थियो । सोहि अवसरमा धुलिखेलका स्थानीयहरुले तस्विरमा माल्यार्पण गर्दै नेपाल एकिकरण गर्ने पृथ्वी नारायण शाहको स्मरण गरी इतिहास नमेटन राजनीतिक दलहरुलाई सुझाव दिएका थिए ।

राष्ट्रिय प्रजातन्त्त पार्टी जिल्ला कार्य समितिले धुलिखेलमा जलपान समारोह आयोजना गरेको छ । जिल्ला अध्यक्ष गणेशलाल श्रेष्ठले कार्यक्रममा विभिन्न क्षेत्रका नेता तथा कार्यकर्ता सहभागि भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्