कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुनः सर्यो



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुनः सरेको छ ।

आज (मंगलबार) कांग्रेसले दिएको जानकारी अनुसार बैठक यहीँ पुष १८ गते दिउँसो १ बजे बस्ने भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने भएको हो ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशन दिइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्